टाइगर कप भलिबल: एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो
पाेखरा | माघ १४, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।
एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् ।
‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् ।
अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

